बिबिएम नतिजा : मकवानपुरकी छात्रा मनिषा लुईंटेल र प्रजिता सुवेदी नेपालकै टप
साउन, हेटौडा – मकवानपुरको दुइ जना छात्रा नेपाल प्रथम भएकी छिन । त्रिभुवन विश्वविद्यालयद्धारा सम्बन्धन प्राप्त मकवानपुर बहुमुखी क्याम्पसमा बीबीएम संकायमा अध्ययनरत मनिषा लुईंटेल नेपाल प्रथम् भएकी छिन् ।
ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) संकायको पाँचौं सेमेष्टरको परीक्षामा छात्रा लुईंटेल नेपाल प्रथम भएकी हुन् । उनले पाँचौं सेमेष्टरमा ३ दशमलब ९ जीपीए प्राप्त गरेकी छिन् ।
त्यस्तै, सोही क्याम्पसमा अध्ययनरत अर्को छात्रा प्रजिता सुवेदीले ३ दशमलब ८८ जीपीए नतिजा ल्याउँदैं नेपाल दोश्रो भएकी छिन् ।
विगत बर्षहरुमा समेत बीबीएम संकायमा उत्कृष्ट नतिजा ल्याउन सफल मकवानपुर बहुमुखी क्याम्पसको बिबिएम संकायको पाँचौं सेमेष्टरका शतप्रतिशत प्रथम् श्रेणीमा नतिजा ल्याउन सफल भएको छ ।
हाल बीबीएम संकायमा २ सय ४० जना अध्ययनरत रहेको बीबीए र बीबीएम कार्यक्रम निर्देशक मधुकुमार सिंहले बताउनु भयो ।






