विद्युतीय खम्बा चोरी गर्ने ७ जना पक्राउ

तामसालिङ खबर
१७ श्रावण २०७८, आईतवार १०:०९

साउन, हेटौडा (बागमती) – मकवानपुरको बागमती गाउँपालिकामा विद्युतीय खम्बा चोरी गर्ने ७ जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले बागमती-४ झुरझुरेस्थित धरान-चतरा सडकखण्डबाट विद्युतीय खम्बासहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देवपुर नगरपालिका-१ का ३० वर्षीय जयराम सापकोटा, उदयपुर घर भई हाल भक्तपुरको मध्यपुरठिमी नगरपालिका ९७ बस्ने २७ वर्षीय हरि नेपाल, मकवानपुरको बागमती ७ बस्ने ३० वर्षीय सुरेश लामा, सोही स्थान बस्ने २२ वर्षीय उमेश लामा, रौतहटको चन्द्रपुर नगरपालिका-३ बस्ने ३२ वर्षीय धनबहादुर लामा र सोही स्थान बस्ने ४० वर्षीय देव पौडेल रहेको प्रहरीले जनाएको छ ।

बागमती गाउँपालिका–१ को हात्तीटुगेस्थित बाटो छेउमा राखिएका खम्बा मे १ ख १५०५ नंबरको ट्रकमा लोड गरी लैजाँदै गर्दा बागमती–४ झुरझुरेस्थित धरान–चतरा सडकखण्डबाट उनीहरु पक्राउ परेका हुन् । घटनाको आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*