बिद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

तामसालिङ खबर
१९ श्रावण २०७८, मंगलवार १८:२४

 

साउन, काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न उर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।

झण्डै एकवर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो । उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले कुलमान घिसिङलाई निर्देशक बनाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

त्यसअघि विद्युत प्राधिकरणको निर्देशकमा कुलमान घिसिङ नै थिए । घिसिङले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको शाख उचो पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*