नाईट्रोभेट सहित २ जना प्रकाउ
साउन, हेटौंडा – मकवानपुर प्रहरीले ११२५ ट्याब्लेट लागुऔषध नाईट्रोभेट सहित २ जना मानिसलाई प्रकाउ गरेको छ ।
मंगलबार बेलुकाको ७ बजेको समयमा लागुऔषध सहित मानिस छन् भन्ने प्राप्त सूचनाको आधारमा प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौंडा वडा नम्बर १० स्थित गण्डकी गेष्ट हाउस रेष्टुरेन्टबाट दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
प्रकाउ पर्नेमा जिल्ला बारा निजगढ नगरपालिका वडा नं. १३ बस्ने बर्ष १९ को सुवास गोले र सोहि स्थान बस्ने बर्ष १९ को सरोज थिङ रहेका छन् ।
थिङले बोकेको झोला चेकजाँच गर्दा लागुऔषध नाईट्रोभेट ११२५ ट्याब्लेट फेला परेको उक्त लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको हो ।






