बागमती प्रदेशमा १३० कानून
साउन, हेटौडा – बागमती प्रदेशमा हालसम्म १३० वटा कानून तयार भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
प्रदेशबाट जारी भई प्रदेश राजपत्रमा प्रकाशन भएका ती कानुनबारे मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयले बनेको कानुनमध्ये दुईवटा आदेश खारेज भएको जनाएको छ ।
हालसम्म बनेका कानुनमध्ये ऐन ५० वटा जारी र ११ वटा संशोधन गरी जम्मा ६१ वटा रहेका छन् । यसैगरी २० वटा जारी र नौ वटा संशोधन सहित २९ वटा नियमावली रहेका छन् ।
तीन अध्यादेश रहेको छ । एक संशोधन र एक जारी गरी जम्मा विनियमावली रहेको मन्त्रालयले जनाएको छ । दुई जारी र एक संशोधनसहित वटा निर्देशिका, १७ वटा जारी र दुईवटा संशोधनसहित १९ वटा कार्यविधि रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
त्यसैगरी दुईवटा मापदण्ड र ११ वटा आदेश रहेकामा दुईवटा आदेश खारेज भएको मन्त्रालयले जनाएको छ ।






