झरनाको गजल प्रतियोगिता सम्पन्न

साउन, हेटौंडा – झरना साहित्यिक परिवारको २ सय ६८ औं साहित्य श्रृंखलाको अवसरमा शनिबार बकैया गाउँपालिका स्तरीय अन्तरविद्यालय गजल प्रतियोगिता सम्पन्न भएको छ ।
झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमको अध्यक्षता एवम् निवर्तमान अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा रमेशमोहन अधिकारी विशिष्ट अतिथि तथा जनार्दन खनाल अतिथि रहनुभएको थियो ।
बकैया गाउँपालिकाभित्र अध्ययनरत १ दर्जन बालबालिकाहरूका बीच सम्पन्न गजल प्रगियोगितामा बुद्ध मावि हात्तीसुँडेका सुमिना दाहाल, कालीदेवी मावि शिखरपुरका रिदम भोम्जन, महेन्द्र मावि छतिवनका बसन्त गौतम उत्कृष्ट तीनमा पर्न सफल भएका छन् ।
प्रतियोगिताका निर्णायकमा संस्थाका सचिव मसान उपासक र संस्थाका कोषाध्यक्ष कृष्ण घतानी रहनुभएको थियो । कार्यक्रममा झरना–बकैया बालसाहित्य परिचालन समितिकी सचिव स्वस्तिका दाहाललगायतको उपस्थिति रहेको थियो ।