हेटौंडा अस्पताललाई उद्योग संघद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

तामसालिङ खबर
३१ श्रावण २०७८, आईतवार १३:२५

साउन, हेटौडा – उद्योग संघ मकवानपुरले हेटौंडा अस्पताल परिसरमा स्थापना गरेको अक्सिजन प्लान्ट आइतबार हस्तान्तरण गरिएको छ ।

उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज भट्टले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईलाई सो प्लान्ट हस्तान्तरण गरेका हुन्।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त अक्सिजन प्लान्टको आइतबार उद्घाटन समेत गरेका छन् । प्यान्टले दैनिक १ सय १५ देखि १ सय २० शिलिण्डरसम्म अक्सिजन उत्पादन गर्ने जनाइएको छ ।

उद्योग संघ मकवानपुरले कूल १ करोड ३६ लाख ९५ हजार रुपैयाँ लागतमा प्लान्ट स्थापना गरेको हो । सो प्यान्ट स्थापना भएसंगै अब हेटौंडा अस्पतालमा अक्सिजन अभाव नहुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*