काबुलका भित्ताबाट महिला मोडलका तस्बिर हटाइँदै

तामसालिङ खबर
३१ श्रावण २०७८, आईतवार १७:१७

साउन, एजेन्सी – अफगानिस्तानको टोलो न्युजका प्रमुख लोतफुल्लाह नाजाफिजादाले एउटा तस्बिर आइतबार आफ्नो ट्वीटरमा शेयर गरेका छन्, जहाँ एक पुरुषले भित्तामा कोरिएको महिला मोडलको तस्बिरलाई रंग लगाएर हटाउँदैछन् ।

तालिवानी लडाकुहरु अहिले काबुलको ढोकामा आएर रोकिएका छन् । अफगानिस्तानमा उनीहरुले कब्जा गर्न बाँकी शहर यहीमात्रै हो । शान्तिवार्ता चलिरहेकाले काबुल कब्जा नगर्ने घोषणा तालिवानले गरिसकेको छ, उसले आफ्ना लडाकुहरुलाई शहरभित्र नघुस्न पनि भनेको छ । तर, यसका बाबजुद पनि लडाकुहरु शहरभित्र घुसिसकेको समाचारहरु सार्वजनिक भइरहेका छन् ।

काबुलमा तालिवान फर्किए सँगै युवतीहरू सहयोगको याचना गरिरहेका छन् । २००२ अघि काबुलबाट तालिवानले पुरै अफगानिस्तानको सत्ता हाँकेको थियो । यतिबेला अफगानिस्तानमा सरिया कानून लागु थियो । जसअनुसार १२ वर्षभन्दा बढी उमेरका छात्राले स्कुल जान पाउँदैनथिए, महिलाहरुले बुर्कामा मुख छोप्नुपथ्र्यों ।

मिडिया रिपोर्टअनुसार अहिले तालिवानले कब्जामा लिएर शहरहरुमा पनि पुरुषलाई नलिई महिलाले एक्लै घरबाहिर निस्कन पाउँदैनन् । त्यस्तै, केही महिला कामदारहरुलाई अब उनीहरुको जागिर पुरुषले गर्नेछन् भनिएको छ । उनीहरुलाई बुर्का लगाउन पनि निर्देशन दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*