दल विभाजन सम्बन्धी अध्यादेशको प्रदेशसभामा विरोध
भदौ, हेटौँडा – संघीय सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेशका विषयमा बागमती प्रदेश सभामा ओली निकट सांसदहरुले बिरोध गरेका छन् ।
प्रदेश सभामा बोल्ने सत्ता पक्षीय सांसदहरुले अध्यादेशको बिरोध गरेको एमाले सचेतक दिपक निरौलाले बताए । मंगलबारको प्रदेश सभा बैठकमा बागमती प्रदेश सभा नियामवली संसोधन बिधेयक प्रस्ताब टेबुल भएको छ । एमाले सांसद जुनेली श्रेष्ठले संसोधन बिद्येयक संसदमा प्रस्ताब गर्नुभएको हो ।
संसोधन बिद्येयकका लागि १३ सदस्यीय समिती गठन भएको छ । संसदीय समिती थपघट गर्ने, समितीका सुबिधा थपघट गर्नसक्नेगरी समितीले कानून निर्माण गरी छलफलका लागि प्रदेश सभामा प्रस्तुत गरिनेछ ।






