उच्च अदालत हैटौंडा इजलासबाट ८ सय २६ वटा मुद्दाको फछयौट

तामसालिङ खबर
३२ श्रावण २०७८, सोमबार २१:५१

हेटौडा – उच्च अदालत पाटन हैटौंडा इजलासले आर्थिक वर्ष २०७७/०७८ मा ८ सय २६ वटा मुद्दाको फछयौट गरेको जनाएको छ । अदालतले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अदालतका शाखा अधिकृत केशवराज कौशिकले आर्थिक वर्ष २०७७/०७८ मा ८ सय २६ वटा मुद्धाको फछयौट गरेको बताउनुभएको हो ।

वार्षिक फछयौट लक्ष्य ९ सय ३९ रहेपनि ८ सय २६ वटा मुद्दा मात्रै पर्छयौट गर्न सकिएको अधिकृत कौशिकले जानकारी दिनुभयो । यस्तै गत अर्थिक वर्षमा फछयौट हुन बाँकी रहेको ६ सय १९ वटा मुद्दा चालु आर्थिक वर्ष २०७८/०७९ मा जिम्मेवारी सरेको आएको पनि उहाँले जानकारी दिनुभयो ।

चालु अर्थिक वर्षमा १४ सय ४९ वटा मुद्दा नयाँ दर्ता भएकोमा १७ सय ६८ वटा लगत र ११ सय ९४ वटा मुद्दाको वार्षिक फछयौट लक्ष्य राखेको कौशिकले जानकारी    दिनुभयो । कार्यक्रममा उच्च अदालत पाटन हेटौंडाका मुख्य न्यायाधीश मोहम्मद साविर हुसेन, उप-रजिष्ट्रार कैलाश भट्टराई लगाएतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*