यूएईले दियो गनीलाई शरण

तामसालिङ खबर
२ भाद्र २०७८, बुधबार २०:०७

भदौ, एजेन्सी – काबुल माथि तालिबानले नियन्त्रण बनाएपछि अफगानिस्तानबाट भागेका पूर्व राष्ट्रपति अशरफ गनी संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन् ।

यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति गनी र उनको परिवारलाई देशमा स्वागत गरिएको बताएको छ । गनी गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा देश छाडेर भागेका थिए ।

अमेरिकाले उनको यो कदमको चर्को आलोचना गरेको थियो । अफगान सरकारले सही कदम उठाएको भए काबुलमा तालिबानले यसरी कब्जा गर्न नसक्ने अमेरिकाको आरोप थियो ।

ताजिकिस्तानमा अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबरले गनीले देश छाड्दा लगभग १६.९ करोड डलर आफू सँगै लिएर भागेको दाबी गरेका थिए । उनले गनीले आफ्नो देश र जनतासँग विश्वासघात गरेको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*