चेपाङको पहलमा राक्सिराङका ५५ परिवारलाई खाद्यन्न वितरण

तामसालिङ खबर
४ भाद्र २०७८, शुक्रबार ०८:४९

भदौं, हेटौडा (राक्सिराङ) – राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का ५५ परिवारलाई खाद्यन्न वितरण गरिएको छ । तत्कालीन राक्सिराङ गाविसका अध्यक्ष समेत रहनुभएका कृष्ण बहादुर चेपाङको पहलमा राक्सिराङ ३ आल्खोप, केराबारी र सरखारीमा ५५ बोरा चामल, दाल, तेल, नुन लगायत सामाग्री वितरण गरिएको हो ।

चेपाङको पहलमा क्रिश्चियन अगुवा तथा समाजसेवी अभिषेक उप्रेती र द्धारिका श्रेष्ठले सो सहयोग गरेका हुन । खाद्यन्न वितरण गर्दै उप्रेतीले सभ्य र शिक्षित समाज निर्माणको अभियानमा आफुहरु रहेको बताउनुभयो ।

ग्रामीण क्षेत्रमा आवश्यकताका आधारमा शिक्षा तथा सीपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने आफुहरुको जोड रहेको उहाँको भनाई थियो । अर्का समाजसेवी श्रेष्ठले कुनै पनि संघ संस्था वा निकायको सहयोग नपुगेका ठाँउमा आफुहरुले सहयोग गर्ने गरेको बताउनुभयो ।

कोरोनाका कारण भएको निषेधाज्ञा, बाढि पहिरो, बर्षाका कारण समस्यामा परेका परिवारलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
पत्रकार ज्ञानेन्द्र तामाङको सहजीकरणमा सो खाद्यन्न वितरण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*