बागमती प्रदेश प्रमुख विष्णु प्रसाईं पदमुक्त हुँदै
भदौं, हेटौडा – देउबा सरकारले बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रसाईंको ठाउँमा यादवचन्द्र शर्मालाई सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।
नियुक्तिका लागि सिफारिस भएका शर्मा एमाले विभाजन गरेर नेकपा एमाले समाजवादी गठन गरेका माधव कुमार नेपाल निकट नेता हुन् ।






