आफताबको मुद्धाको सुनुवाई स्थगित

भदौं, काठमाण्डौं – नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा शुक्रबार हुने भनिएको सुनुवाई स्थगित भएको छ ।
विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग आए पछि शुक्रबार हुने भनिएको सुनुवाई नभएको हो । सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो ।
रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
आलमको सोही निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए ।