बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

तामसालिङ खबर
१२ भाद्र २०७८, शनिबार ०७:१९

भदौं, हेटौडा – बागमती प्रदेशसभाको आठौँ अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आए अनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको हो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरेअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

प्रदेशसभाको चालू बैठक गत जेठ १६ गते सञ्चालन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*