एसईइमा ए प्लस ल्याउने विद्यार्थीलाई मनहरीमा सम्मान

तामसालिङ खबर
१४ श्रावण २०७८, बिहीबार ११:२५

भदौं, हेटौडा (मनहरी) – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) द्धारा मनहरीमा एसईईमा ए प्लस ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ ।

बागमती प्रदेश सभा सदस्य ओम बहादुर ग्लानको प्रमुख अतिथ्यतामा विद्यार्थीको सम्मान गरिएको थियो । मनहरी गाउँ कमिटी विद्यार्थी अध्यक्ष सुसन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक विद्यालयका ९ र निजी विद्यालयका ३ जना गरी १२ जना विद्यार्थीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला कमिटी सचिव मोहनचन्द्र चौलागाईं, माओवादी केन्द्र प्रदेश कमिटी सदस्य वीर बहादुर घलान ‘ज्वाला’ सहित मनहरी गाउँ कमिटि पार्टी इन्चार्ज राजकुमार पाख्रीन, राक्सिराङ पार्टी ईन्चार्ज वनस्तम लामा, मनहरी पार्टी अध्यक्ष रामप्रसाद कालाखेती, बिधार्थी नेता छोईसाङ स्याङ्तान, रोटरी माविका प्रध्यानाध्यापक गोबिन्द पौडेल, गाउ कमिटि सचिवालय सदस्य दिपेन्द्र अधिकारी, प्रकाश थापा लगायतको अतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*