कर्रा खोलामा बगाएका एकजनाको शव चुच्चेखोलामा भेटियो
भदौं, हेटौंडा – शुक्रबार दिउँसो कर्रा खोलामा ट्रकसहित बगाएका दुईजना मध्ये फेला पर्न बाकी अर्का एकजनाको पनि शव भेटिएको छ ।
शब घटनास्थलबाट करिब १.५ किलोमिटर तल हेटौंडा-१७ चुच्चेखोला बाट कुमालटार तर्फ कर्रा खोला किनारमा भेटिएको छ । उनको सनाखत हुन सकेको छैन । घटनास्थलमा प्रहरी टोली पुगेको छ ।
कुमाल्टारबाट दुध बोकेर डेरी जादै गरेका स्थानीयले शव देखेपछि प्रहरीमा खबर गरेको थिए । हराएका मध्ये गणेश थापा मगरको शव शनिबार साँझ घटनास्थल भन्दा करिब २०० मिटर तल फेला परिसकेको छ ।
शुक्रबार दिउँसो उपमहानगरपालिका वडा नम्बर–१७ रामपुरडाँडा स्थित कर्रा खोलाले शिवम सिमेन्ट उद्योगबाट चौघडा तर्फ आउदै गरेको ना ४ ख १४४० नम्बरको ट्रकसहित दुईजनालाई बगाएको थियो ।






