मनहरीबाट गाँजा सहित घलान पक्राउ

तामसालिङ खबर
२६ भाद्र २०७८, शनिबार १०:१४

भदौं, मनहरी – अवैध लागूऔषध गाँजासहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले २० किलो ५०० ग्राम लागूऔषध गाँजासहित बिहिबार एक महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्वर ९ बस्ने २३ वर्षीया ममिता घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, घलानलाई विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मनहरी–९ खरंगास्थित पूर्व–पश्चिम राजमार्ग सडकको पेटी छेउमा रहेको घुम्ती पसलमा लुकाईछिपाइ राखेको उक्त परिणामको गाँजासहित पक्राउ गरेको हो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*