वाईबा परिवारलाई, राक्सीराङका वडा अध्यक्ष कान्छारामले दुख दिए

ताम्सालिङ खबर
३ आश्विन २०७८, आईतवार ०६:२६

असोज, हेटौँडा – राक्सीराङ गाउँपालिका वडा नंबर १ का वडा अध्यक्ष कान्छाराम रुम्बाले आफुहरुलाई अनावश्यक दुःख दिएर आफुहरुको मानहानी गरेको भन्दै ब्यवसायी विमल लामाको परिवारले दुख ब्यक्त गरेका छन् ।

न्यूज क्लब नेपाल हेटौँडामा सञ्चारकर्मीसँग कुरा गर्दै गुरु पदम सम्भव निर्माण सेवा प्रालिका सञ्चालक विमल वाईवा लामाले आफुहरुलाई वडा अध्यक्ष जस्तो जिम्मेवार ब्यक्तिले गैर जिम्मेवारपूर्ण ब्यवहार गरेको बताए ।

गुरु पद्म सम्भव निर्माण सेवा प्रालिले ९ महिना अघि भाडामा दिएको आफ्नो सबारीसाधनको भाडा उठाउने सन्दर्भमा नेपाली कांग्रेस राक्सीराङका नेता समेत रहेका इम्मानुयल निर्माण सेवा प्रालिका सञ्चालक प्रताप चेपाङले आफुहरुलाइ रकम दिन अटेर गरेपछि वडा अध्यक्ष रुम्बाले सात दिन भित्र उक्र रकम दिलाईदिने बताएको र उक्त रकम लिनको लागि जाँदा वडा अध्यक्ष रुम्बाले उल्टै प्रहरी बोलार अपहरण गरेको आरोप लगाएर आफुहरुको प्रतिष्ठामा चोट पुर्याएको लामाले बताए ।

चेपाङसँग बैंक अफ काठमाण्डौँको ५ लाख २२ हजार रुपैँयाको चेक लिएको तर चेकमा पैसा नभएपछि आफुहरु पटक-पटक पैसा दिन आग्रह गर्दा समेत उहाँले वेवास्ता गर्ने, फोन नउठाउने समस्या भएपछि आफुहरु मारमा परेको लामाको भनाई रहेको छ । वडा अध्यक्ष रुम्बा र चेपाङले आफुहरु नातामा रहेको र चेपाङको नाउँमा भएको जमिन आफ्नो नाउँमा रहेको बताएपछि आफुहरुले वडा अध्यक्षको भनाईमा विश्वास मानेको उनको भनाई छ ।

तर वडा अध्यक्षले दिएको समयमा पनि रुपैँया नआएपछि आफुले वडा अध्यक्षलाई सम्पर्क गर्दा वडा अध्यक्षले समेत फोन नउठाउने, पैसा दिन नखोज्ने बाहाना गर्ने लगाएतको काम गरेपछि वडा अध्यक्षलाई भेट्दा उनले उल्टै प्रहरी बोलागएर आफुहरुको अपमान गरेको बिमल लामाका आमा दिलकुमारी वाईवाले बताईन् ।

वडा अध्यक्ष जस्तो सामजिक ब्यक्तित्वबाट यस्तो धोका हुनु भनेको दुखको विषय रहेको भन्दै उनले जनता तथा ब्यवसायीलाई दुख दिनेहरुले वडाको विकास कसरी गर्न सक्छन भन्दै प्रश्न गरिन् । २०७७ साल पुस १७ गते दुई निर्माण कम्पनीबिच स्काभेटर भाडामा दिने सम्झौता भएकोमा काम सम्पन्न भएको ९ महिनासम्म पनि आफुले भुक्तानी नपाएको पीडा सँगै वडा अध्यक्षको ब्यवहारले थप पीडा दिएको वाईवाले बताईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*