मकवानपुरका क्रियाशील अग्रज जनजाति पत्रकारलाई सम्मान गरिने

तामसालिङ खबर
४ आश्विन २०७८, सोमबार ०९:०७

असोज, हेटौडा – मकवानपुरमा क्रियाशील अग्रज आदिवासी जनजाति पत्रकारलाई सम्मान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाको आइतबार हेटौंडामा बसेको बैठकले सो निर्णय गरेको हो ।

फोनिज मकवानपुरका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा बसेको बैठकले आदिवासी जनजाति पत्रकारहरुलाई प्रोत्साहित गर्न कोष स्थापना गरेर नियमित सम्मान गर्ने निर्णय गरेको फोनिजका जिल्ला उपाध्यक्ष अशोकसुजन श्रेष्ठले जानकारी दिए । साथै बैठकले जिल्लामा रहेका आदिवासी जनजाति पत्रकारको विवरण अद्यावधिक गर्न उपाध्यक्ष श्रेष्ठकै संयोजकत्वमा ३ सदस्यीय समिति पनि गठन गरेको छ ।

समितिको सदस्यहरुमा सचिव नवराज वाईबा र कोषाध्यक्ष रुपा गुरुङ रहेका छन् । बैठकले फोनिज मकवानपुरको कोषाध्यक्ष शुभराज भोम्जन विदेशमा रहेकाले कोषाध्यक्षमा रुपा गुरुङ र सहसचिवमा मीना श्रेष्ठलाई जिम्मेवारी तोकेको छ । यसअघि गुरुङ सहसचिव र श्रेष्ठ कार्यसमिति सदस्य रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*