गाई काटेको आरोपमा मकवानपुरको बकैयाबाट १० जना पक्राउ
असोज, हेटौडा (बकैया) – पुर्बी मकवानपुरको बकैयामा गाई काटेको आरोपमा १० जना पक्राउ गरेको छ । बकैया गाउँपालिकामा गाई काटिरहेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको प्रहरीले १० जनालाई पक्राउ गरेको हो ।
उनिहरु ५० केजी गाईको मासु सहित पक्राउ गरेको प्रहरीको दाबी छ । पक्राउ पर्नेहरुमा जनक बहादुर लो, राज लो, रबिन्द्र लो, राज कुमार घलान, प्रलाद भक्त न्यासुर, सोमार भोलन, सन्च माया भोलन, सन्देश बिक, सुन बहादुर तामाङ, फुलमाया थिङ रहेका छन् ।
उनिहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






