१ सय ७५ किलो गाँजा बोकेको ट्रक सहित दुई जना पक्राउ

तामसालिङ खबर
८ आश्विन २०७८, शुक्रबार ०८:१७

असोज, हेटौडा – मकवानपुर प्रहरीले लागुऔषध गाँजा बोकेको ट्रक सहित दुई जना हेटौंडामा पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर सहितको प्रहरी टोलिले हेटौंडा-११ थानाभर्‍याङमा ३ ख ५९५० नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकभित्र फल्स बटम बनाई लुकाईछिपाई ल्याएको १७५ किलो लागुऔषध गाँजा फेला पारेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर देवेन्द्र दासले बताएका छन।

प्रहरीले लागुऔषध सहित ट्रकचालक मकवानपुर भिमफेदी-९ बस्ने ३१ बर्षीय मोहन स्याङतान र सोहि ट्रकमा सवार मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ बस्ने २४ बर्षीय प्रशान्त कार्कीलाई नियन्त्रण लिएको जनाइएको छ।पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*