जसपा मकवानपुरमा ६० जना पार्टी प्रवेश
असोज, हेटौडा – जनता समाजबादी पार्टी जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा पार्टी प्रवेश कार्यक्रम भएको छ ।
आइतबार हेटौडा – १५ वडा कमिटिको समन्वयमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ६० जना जसपामा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा जसपाका ३ नम्बर प्रदेशका अध्यक्ष सोनाम सिं स्याङतानले कार्यक्रममा सम्बोधन गर्नु हुँदै राष्ट्रको आमुल परिवर्तनको खाका बोकेर आएको समाजवादी पार्टी मात्रै रहेको बताउनु भयो।
सरकारको दलाली संस्कार र निषेध, बिभेदकारी ब्यवहारको अन्त्य गर्न जसपा सरकारमा पुग्न आवस्यक रहेकोले बिभेदलाई निषेध गरि समानतापूर्ण सम्वृद्धि बनाउने पार्टीको मूल धारण गरेको बताउनु भयो।
जसपाको केन्दिय समिति सदस्य तथा ३ नम्बर प्रदेशका अध्यक्ष सोनाम सिं स्याङतानको प्रमुख आतिथ्यतामा आएको कार्यक्रममा संघिय परिषद सदस्यद्वय सोम घलान, दिपक लामा, स्थानीय नेता मंगल प्रजा, उमेश प्रजा लगायतको आतिथ्यता रहेको थियो । भने तिलक बहादुर स्याङतानको सभाध्यक्षमा कार्यक्रम भएको हो ।






