उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कारद्वारा सभामुख घर्तीलाई सम्मान

तामसालिङ खबर
१६ आश्विन २०७८, शनिबार १८:०६

असोज, काठमाण्डौ – लुम्बिनी प्रदेश सभाका सभामुख एवं जनवादी गीतकार एवं संगीतकार पूर्णबहादुर घर्तीमगरलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

जनवादी गीतसंगीतको माध्यमबाट नेपाली समाजको साँस्कृतिक एवं राजनीतिक रुपान्तरणमा पु¥याएकोले विशिष्ट योगदानको कदर गर्दै सभामुख एवं जनसंगीतकार घर्तीलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले बताए ।

दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग संगीत अवार्ड २०७८ सँगै आगामी मंसिर ११ गते ताम्रपत्रसहित २५ हजार राशीको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने अध्यक्ष पीडितले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*