तामाङ कलाकार संघकाे अध्यक्षमा दाेङ, २१ सदस्यीय कार्यसमिति चयन
असोज, काठमाडौँ – नेपाल तामाङ कलाकार संघको १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनबाट गायक विश्व दोङ निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार काठमाण्डौमा भएको अधिवेशनले दोङ्गको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । ‘सम्पुर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला र संस्कृतिको विकास, संरक्षण तथा प्रबर्द्धन हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ भएको अधिबेशनमा बागमती प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा शशिकला मोक्तान, उपाध्यक्षमा विशाल काल्तान, महासचिवमा रोशन फ्युबा, सचिवमा सुभाष मोक्तान, कोषाध्यक्षमा खेम मोक्तान चयन भएका छन्।

त्यस्तै, सदस्यहरुमा कुमार स्याङबा, निर्माला घिसिङ, मिङ्स लामा, जितु लोप्चन, रेस्मा बोम्जन, रमित लामा ,लक्ष्मी स्याङतान, अन्जु थोकर बुद्ध लामा, जीवन बम्जन, योगेश लामा, आस्मान लोप्चन, बैरागी मोक्तान, अनिल लामा, अशोक लामा, रमित लामा निर्वाचित भएका हुन् ।
२१ सदस्यीय कार्यसमितिमा खुुल्ला ८ सदस्यका लागि सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट सदस्यहरुको छनौंट गरिएको थियो ।






