चीनले हामीलाई कब्जा गर्यो भने विनाश हुनेछ : ताइवान

तामसालिङ खबर
२० आश्विन २०७८, बुधबार १६:२२

असोज, एजेन्सी – ताइवानकी राष्ट्रपति साई इंग–वेनले चीनको बढ्दो आक्रामकताप्रति आफ्नो लोकतन्त्रको बचाउ गर्दै चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिएको खण्डमा यसले विनाशकारी नतिजा हुने बताकी छन् ।

साई इंग–वेनले विदेशी मामिलामा एउटा लेख लेखेकी छन्, जसमा उनले यो भनेकी छन्, ‘भर्खरै, ३८ वटा चिनियाँ लडाकु विमानहरु ताइवानको हवाई क्षेत्र अतिक्रमण गर्ने क्रममा प्रवेश गरे।’

मंगलबार ताइवानका प्रधानमन्त्री सु सेउ–चानले चीनको आक्रामकताले क्षेत्रीय शान्तिलाई खतरा रहेको र ताइवान सतर्क रहनुपर्ने बताएका छन्। चीनको पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले अक्टुबरको पहिलो चार दिनमा ताइवानको हवाई क्षेत्रमा करीब १५० विमान पठाएको थियो।

यो चिनियाँ मिडियामा शक्तिको एक शोको रूपमा देखिएको छ, तर दुनिया भरमा धेरै सरकारहरु यसलाई चीन द्वारा डर र आक्रामकताको एक शोको रूपमा लिएका छन्।

फ़रेन अफ़ेयर्समा साई इंग –वेन विदेशमा लेखेकी छन्, ‘हामी शान्ति चाहन्छौं तर ताइवान हाम्रो लोकतन्त्र र जीवन पद्धतिको लागि खतरा छ भने आत्मरक्षाको लागि आवश्यक सबै गर्नको लागि तयार छ।’

ताइवानले विश्वभरिका देशहरुलाई चीनको व्यापक खतरा बुझ्न आग्रह गरेको छ। ताइवानका राष्ट्रपति साई इंग वेनले भनिन्, ‘विश्वले बुझ्न जरुरी छ कि यदि ताइवान चीनको हातमा गयो भने यो क्षेत्रीय शान्तिको लागि विनाशकारी हुनेछ। यो लोकतान्त्रिक साझेदारीको लागि विध्वंसकारी साबित हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*