गाई-गोरुको मासु खान पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन
असोज, काठमाडौं – गाई-गोरुको मासु खान पाउनुपर्ने माग गर्दै ‘विभेदकारी कानुन खारेजी संघर्ष समिति’ले काठमाडौंमा प्रदर्शन गरेको छ ।
देशमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था आएपछि झन धेरै गाइगोरुको मासु खाएको आरोपमा देशका विभिन्न स्थानमा नागरिकलाई पक्राउ गर्ने र जेल हाल्ने जस्ता घट्नाहरु बढिरहेकोमा आपत्ति जनाउँदै संर्घष समितीले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।
नेपाल बहुराष्ट्रिय, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक देश भनेर संविधानमा स्विकार गरिएको भएपनि अझै ऐन कानुनहरुमा विभेदका प्रावधानहरु खारेज हुन नसक्दा कयौं समुदायले जेलनेल भोग्न बाध्य भइरहेको संघर्ष समितीको ठहर छ ।
विभेदकारी कानुनको “खारेजी नै हाम्रो एक सुत्रिय माग हो ।” कार्यक्रमलाई सम्बोधन गर्दै अभियान्ता मुक्तान थेबाले भन्नुभयो । “आमा मान्नेले दुध मात्रै खालन तर हामी गाईको मासु पनि खान्छौं, गाई काट्यो भन्दै जेल हाल्छ, गोरु काट्यो भन्दै जेल हाल्छ, जातिय विभेद उहि गर्छ तर सदभाव हामीले बिगार्यो भन्छ ।” जस्ता लेखिएका प्लेकार्ड बोकेर उनीहरुले मौन प्रदर्शन गरेका हुन् ।
धर्मनिरपेक्ष राज्यको उलंघन गर्दै राज्यले नै एक धर्मलाई पक्षपोषण गरिरहेकोले आफुहरु सडकमा आउन बाध्य भएको भन्दै संंर्घष समितीले आफुहरुको मागमा बेवास्ता गरे वा दमनकारी नीति नसच्याए देश ब्यापी सशक्त आन्दोलन गर्ने समितीले चेतावनी दिएको छ ।

पत्रपत्रिकाबाट 




