सूर्य स्काउटलाई नेपाल स्काउट बागमती प्रदेश समितिद्वारा पोशाक वितरण

तामसालिङ खबर
२१ आश्विन २०७८, बिहीबार २०:४६

असोज, हेटौडा (बागमती) – नेपाल स्काउट बागमती प्रदेश समितिद्वारा सूर्य माध्यमिक विद्यालय, बागमती -१, माझगाउँ मकवानपुरको विद्यालय स्तरीय स्काउट युनिट सूर्य स्काउट ट्रुपलाई स्काउट पोशाक वितरण गरेको छ ।

श्री सूर्य माध्यमिक विद्यालयमा बिहिबार एक आयोजित कार्यक्रमकका बीच स्काउट पोशाक वितरण गरेको हो l बागमती गाउँपालिका अध्यक्ष एवम् स्थानीय स्तरको स्काउट संरक्षक सर्केश घलानको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमा नेपाल स्काउट बागमती प्रदेश समितिद्वारा करिब १ लाख २८ हजार मुल्य बराबरको सूर्य स्काउट ट्रुपका १६/१६ जना छात्र/छात्राहरुलाई स्काउट पोशाक, जुत्ता, मोजा, टोपी, डोरी लगायतका अन्य सामाग्रीहरु वितरण गरिएको हो ।

सूर्य माविको सूर्य स्काउट ट्रुपले करिब एक दशक पार गरिसकेको र स्काउट गतिविधि निरन्तर संचालनमा आउनुको पछाडि स्काउट शिक्षकको महत्वपूर्ण भूमिका तथा योगदान रहेको पूर्व प्रधानाध्यापक एवम् सूर्य स्काउट दल समिति सदस्य वीरबहादुर राईले बताउनु भयो ।

उनले चुनावी घोषणा पत्रमा सूर्य माविलाई बहुमुखी क्याम्पस बनाउने उल्लेख भएको कुरा अध्यक्ष घलानलाई स्मरण गराउदै विद्यालयको थप उन्नति र विकासको लागि स्थानीय सरकारलाई ध्यानाकर्षण गराउनु भयो । साथै वडा र पालिकाबाट स्काउट सम्बन्धी कार्यक्रमहरु संचालनको लागि बजेट विनियोजन गरी सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।

वडा नं. १ का अध्यक्ष ठगेन्द्र वाइबाले सूर्य स्काउट ट्रुपलाई आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने र स्काउटका कार्यक्रम पालिककाले सबै विद्यालयमा पुर्याउनु पर्ने कुरामा जोड दिनु भयो ।

विद्यार्थीहरुलाई सामाजिक सेवाका भावना जागृत गर्न, नैतिकवान, चरित्रवान, अनुशासित, व्यक्तित्व विकास एवम् नेतृत्व कर्ताको विकास गर्ने उद्देश्यले विद्यालय स्तरमा स्काउट युनिटहरु गठन गरी स्काउट सम्बन्धी विभिन्न कार्यक्रम एवम् तालिमहरु देशव्यापी रुपमा संचालन भइरहेको कुरा नेपाल स्काउट बागमती प्रदेश समिति सदस्य अशोक सरु मगरले जानकारी गराउनु भयो ।

पोशाक वितरणको कार्यक्रम विद्यालय स्तरीय स्काउट युनिटहरु मध्ये जिल्लाभरी जम्मा दुईवटा विद्यालय मात्रै छनौट भएको र दुई मध्ये एक सूर्य स्काउट ट्रुप परेको नेपाल स्काउट बागमती प्रदेश समिति सदस्य सारुले जानकारी गराउनु भयो । साथै स्काउटको संरक्षण र विकासको लागि स्थानीय सरकालाई अनुरोध गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती गाउँपालिका अध्यक्ष एवम् स्थानीय स्तरको स्काउट संरक्षक सर्केश घलानले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीहरुलाई सानै उमेरदेखि सामाजिक सेवाप्रति जागृत गराउने, नैतिकवान, अनुशासित र व्यक्तित्व विकासका लागि सहयोग पुर्याउने खालका यस्तै कार्यक्रमहरु विद्यालयमा संचालन गर्नु पर्छ ।

समग्र बागमती गाउँपालिकाको शैक्षिक स्तर उकास्न र विकासको लागि गाउँपालिकाले उच्च प्राथमिकताका साथ बजेट विनियोजन गर्दै आएको बताउनु भयो l पालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि विशेष योजना पालिकासंग रहेको र उक्त योजना कार्यान्वयनको लागि पालिका लागि रहेको समेत अध्यक्ष घलानले जानकारी भयो ।

सामुदायिक विद्यालयको शैक्षिक स्तर विकासको लागि एवम् विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै गत वर्ष देवकी माविलाई विद्यालय बस अनुदान दिएको र यस वर्ष जनता माविलाई दिइने र आगामी वर्षहरुमा क्रमश: अवस्था हेरी अन्य विद्यायहरुलाई विद्यालय बस अनुदान दिने जानकारी गराउनु भयो ।

सूर्य माविलाई बहुमुखी क्याम्पस बनाउनको लागि पालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो l अहिले शिक्षित भएर पनि बेरोजगारी भएर बस्नु पर्ने अवस्था देखिएको छ , अबको शिक्षा गरिखाने शिक्षा दिनु आवश्यक छ , त्यसैले सूर्य माविले प्राविधिक धार तर्फको शिक्षा समेत संचालन गर्न अध्यक्ष घलानले सुझाउनु भयो ।

पालिका स्तरमा एकरुपता ल्याउनका लागि सामुदयिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुको लागि निशुल्क विद्यालय पोशाक वितरण गर्ने योजना समेत पालिकाले बनाउदै गरेको कुरा बताउनु भयो l साथै स्काउटका कार्यक्रमहरु पालिकाभरका सबै विद्यालयमा पुर्याउनु पर्ने कुरामा जोड दिदै स्काउटको विकास र संरक्षणको लागि पालिकाबाट आवाश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

सूर्य माविका प्रधानाध्यापक एवम् सूर्य स्काउट ट्रुपका संरक्षक रत्नबहादुर राईको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, नेपाल स्काउट बागमती प्रदेश समिति सदस्यहरु अशोक सारु मगर र महेन्द्र राना, वडा नं. १ का अध्यक्ष ठगेन्द्र वाइबा, नेकपा माओबादी केन्द्र बागमती अध्यक्ष अरुण बल, वि व्य स अध्यक्ष डोरबहादुर थापा, शिक्षा शाखा प्रतिनिधि प्रमोदकुमार राई, स्काउटर किशोर श्रेष्ठ ,सूर्य स्काउट दल सदस्यहरु वीरबहादुर राई, भुवनप्रसाद राई, यज्ञबहादुर श्रेष्ठ, संस्थापक एवम् पूर्व प्रधानाध्यापक सूर्यबहादुर राई, स्काउट प्रेमीहरु यहुन्ना राई, जोगेन्द्र राई , देवकुमार राई, प्रदिप राई, सैलेश राई लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*