इन्सेकको आयोजनामा मनहरीमा कार्य योजना निर्माण कार्यक्रम सम्पन्न
असोज, हेटौडा (मनहरी) – मनहरी गाउपालिकामा स्थानिय समुदायको शिक्षा, स्वास्थ्य, खाध्य र आवास अधिकारको लागि जिम्मेवार निकायहरुलाई उत्तरदायी बनाउनको लागि पहल कार्यक्रम अन्तर्गत (ईन्सेक) को आयोजना तथा मानव अधिकार समुह मनहरी गाउपालिकाको सहकार्यमा शुक्रबार कार्य योजना निर्माण कार्यक्रम भएको छ ।
कार्यक्रममा मनहरी अस्पतालमा रेबिज बिरुद्दको खोपको ब्यबस्था गर्नुपर्ने, निशुल्क रुपमा प्रदान गरिने औषधीहरुको बडापत्र बनाई सबैले बुझ्ने र देख्नेगरी राख्नुपर्ने, भिडियो एक्सरे मेशिनको ब्यबस्था गर्नुपर्ने तथा अस्पातल हाता भित्र सरसफाई नियमित गर्नुपर्ने, स्वास्थ्य क्षेत्रको सेवाहरु सुधार गर्नुपर्ने भन्दै मानब अधिकार समुह मनहरीका संयोजक बिमला गोपालीले उपाध्यक्ष बिष्ट र स्वास्थ्य शाखा संयोजक ज्योतिराज लुईटेललाई ज्ञापन पत्र समेत बुझाइएको छ । गाउपलिकाको स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी समस्या देखा परेको भन्दै गाउपालिकाको ध्यानाकर्षण गराएको थियो ।

त्यस्तै, गाउपालिका भित्र रहेका गरीब निमुखाहरुको गास बासको सुनिस्चितता गर्न र चाड पर्बको बेलामा बजारमा खाध्यान्न तथा उपभोग्य बस्तुमा हुने सम्भावित कालो बजारिको गाउपालिकाको तर्फबाट अनुगमन हुनुपर्नेमा कार्यक्रममा उपस्थितहरुले जोड दिएका थिए ।
मनहरी गाउ कार्यपालिकाको कार्यालय रजैयामा भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष मनिला बिष्टको प्रमुख आतिथ्यमा
तथा मानव अधिकार समुह मनहरीका संयोजक बिमला गोपालीको सभाध्यक्षतामा भएको हो ।
कार्यक्रममा गाउपालिकाको शिक्षा शाखा अधिकृत हरीचन्द्र सापकोटा, स्वास्थ्य शाखा संयोजक ज्योतिराज लुईटेल, कृषि शाखा प्राबिधिक बिष्णु अधिकारी, मनहरी एफएमका प्रतिनिधि, ईन्सेक प्रतिनिधि तथा सरोकर वालाहरुको उपस्थिति रहेको थियो ।
ईन्सेकले मनहरी गाउपालिका र हेटौंडा उपमहानगरपालिकामा शिक्षा,स्वास्थ्य,खाध र आवास अधिकार सम्बन्धी बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।
कार्यक्रममा सहभागीहरुले मनहरी गाउपालिका भित्रका शिक्षा,स्वास्थ्य,खाध्य र आवास सम्बन्धी बिद्यमान समस्याहरु गाउपालिका उपाध्यक्ष मनिला बिष्ट लगायत सम्बन्धित शाखाका प्रमुख तथा प्रतिनिधिहरुले कार्यक्रममा उठेका सवालहरुको जवाफ दिएका थिए ।






