राक्सिराङको बाढीपहिरो पिडितलाई तामाङ घेदुङ दक्षिण कोरियाको आर्थिक सहयोग
असोज, हेटौडा (राक्सिराङ) – नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले राक्सिराङमा गएको साउनमा भएको बाढी पहिरोबाट पिडित १० घरपरिवारलाई आइतबार आर्थिक सहयोग गरेको छ ।
राक्सिराङ गाउँपालिकामा बाढी पहिरोबाट मानविय तथा भौतिक क्षति भएको खबर पाएपछि तामाङ घेदुङ दक्षिण कोरियाको महासचिब शुभराज भोम्जनको नेतृत्वमा केन्दिय समिति र घेदुङको क्षेत्रीय समिति ख्यङ्साङ बुसानबाट राक्सिराङका १० जना बाढी पिडितका लागि ६० हजार आर्थिक सहयोग पठाएको हो ।

राक्सिराङ गाउँपालिका र नेपाल तामाङ घेदुङ, बागमती प्रदेश समितिको समन्वयमा पिडित परिवारलाई जनही ५ हजारका दरले र मानबिय क्षति भएको दुइ परिवारलाई १० हजारका दरले आर्थिक हस्तान्तरण गरिएको थियो ।
पिडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आफ्नो परिश्रमबाट आएको रकम जुटाएर पठाएको कोरियाका घेदुङ कमिटीलाई धन्यबाद ब्यक्त गर्नु भएको छ ।
सहयोग कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लिला कुमार घलान, स्थानीय जनप्रतिनिधि सहित संचारकर्मीद्वय दिलबहादुर लामा, जयराम मोक्तान उपस्थित रहेको थियो।



तामसालिङ खबर 




