अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा अब नारायणी मलमा

तामसालिङ खबर
२२ आश्विन २०७८, शुक्रबार ०९:१३

असोज, हेटौडा – अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा अब हेटौंडाको नारायणी मलमा पाइने भएको छ । नारायणी मल्टी ब्राण्ड सपले घटस्थापनाको दिनको अवसर पारेर ६ थरिका अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा, जुत्ता लगायत अन्य सामाग्री विक्री सुरुवात गरेको छ ।

गुणस्तरीय र ओरिजिनल कपडा तथा जुत्ता खरिदका लागि काठमाडौं जानुपर्ने बाध्यता हटेको र हेटौंडामा ओरिजिनल सामान पाइने पसलको अभावलाई पूर्ति गर्दै ब्राण्डेड सप सञ्चालनमा ल्याईएको सञ्चालक नवराज आचार्यले बताए ।

सपमा एडिड्यास्, अण्डर आर्मोर, एसीस, रिबुक, लिभाइस्, सेलेन्जर ब्राण्डका सामान पाइने जनाइएको छ । विजया दशमीको अवसर पारी ५ प्रतिशत छुटको व्यवस्था समेत रहेको सञ्चालक आचार्यले बताए ।

२ करोड लगानीमा सप सञ्चालन गरिएको उनले बताएका छन् । सप नारायणी मलको पहिलो तल्लामा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*