​​​​​​​घान्द्रुक जाँदै गरेको जीप दुर्घटना, चालकसहित ८ जनाको मृत्यु

तामसालिङ खबर
२५ आश्विन २०७८, सोमबार १५:४८

असोज, पोखरा – कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालक सहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँच्न सफल भएका छन्।

उनीहरूको प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेको छ । मृतकको सनाखत गर्ने तयारी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले बताए।

पोखराबाट घान्द्रुक जान सोमबार दिउँसो २ बजे छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । घान्द्रुकको कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको स्थानीयबासीले बताएका छन्। जीपमा सवार यात्रु घान्द्रुक घुम्न गएको डिएसपी हमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*