तलेजु भवानी मन्दिर आज खोलिँदै

तामसालिङ खबर
२८ आश्विन २०७८, बिहीबार ०८:१०

असोज, काठमाडौं – हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिर आज खोलिँदैछ ।

यो मन्दिर महानवमीका दिन वर्षमा एकपटक मात्र खोल्ने गरिन्छ । गत वर्ष कोभिड-१९ महामारीका कारण महानवमीमा पनि खोलिएको थिएन ।

हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार यस वर्ष भक्तजनका लागि समेत मन्दिर खोल्न लागिएको हो ।

भक्तजनको घुइँचो व्यवस्थापनका लागि भौतिक दूरी अनिवार्य गरिएको छ । अन्य स्वास्थ्य मापदण्डको पालनामा कडाइ गरिने अड्डाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*