यस्तो छ, आज देशभरीको मौसम

तामसालिङ खबर
६ कार्तिक २०७८, शनिबार ०९:४४

कार्तिक, काठमाडौ – मुलुकभर आज आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसबाहेक अन्य प्रदेशका एक/दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा राति हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली भने नरहेको मौसमविद्ले जानकारी दिएका छन्। अहिले प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशहका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*