मेरो कार्यकाल अवधिभर भ्रष्टाचार रहित हुन्छ – मुख्यमन्त्री पाण्डे

तामसालिङ खबर
११ कार्तिक २०७८, बिहीबार १७:५६

कार्तिक, काठमाडौं – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो कार्यकाल भ्रष्टाचाररहित हुने दाबी गर्नुभएको छ ।

मुख्यमन्त्री पदको शपथ लिएपछि पत्रकार सँगको कुराकानीमा मुख्यमन्त्री पाण्डेले सुशासनका लागि कोशिस गर्ने भन्दै समाजवाद उन्मुख कार्यक्रम अगाडि सारेर जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सर्वहारा, श्रमजीवी, गरिब किसानको पक्षमा काम गर्ने उहाँको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले अघिल्लो सरकारले गलत निर्णय गरेको भए त्यसलाई सच्याउने बताउनुभयो । प्रदेश सरकारले पूरक बजेट ल्याउन सक्ने उहाँको भनाइ थियो ।

प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नेबारे सोधिएको एक प्रश्नमा केन्द्रमा भएको सहमति अनुसार नै आफू मुख्यमन्त्री बनेको भन्दै गठबन्धनले जे निर्णय गर्छ, त्यसैअनुसार आफूहरु अगाडि बढ्ने प्रष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*