सामाजिक विकास मन्त्री मोक्तानलाई बागमती प्रदेश घेदुङद्वारा सम्मानित

तामसालिङ खबर
१३ कार्तिक २०७८, शनिबार १४:१७

कार्तिक, हेटौडा – बागमती प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई नेपाल तामाङ घेदुङ बागमती प्रदेशले सम्मान गरेको छ ।

शनिबार बिहान हेटौडामा एक कार्यक्रमको आयोजना गरि नेपाल तामाङ घेदुङ प्रदेश कमिटीले सम्मान-पत्र सहित खादाद्वारा सम्मान गरेका हो ।

सम्मान कार्यक्रममा बोल्नु हुँदै मन्त्री मोक्तानले राजनीतिक शक्तिमा लागेर अघि बढ्ने क्रममा आफू जिम्मेवार पदमा आइपु्गेको र सबैको सुझावका आधारमा आगामी कदमहरु अघि बढाउने बताएकी छन् । प्रदेशका जनताका लागि आफूले नीति र विधीभित्र रहेर अधिकतम सेवा र सहयोग उपलब्ध गराउने उनले प्रतिवद्धता व्यक्त गरेकी छन् ।

त्यस्तै, सोहि कार्यक्रममा तामाङ पत्रकार संघ मकवानपुर शाखाले मन्त्री मोक्तानलाई सम्मान-पत्र सहित खादाद्वारा सम्मान गरिएको छ ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सदस्य सुनिल मोक्तान, जिल्ला घेदुङ मकवानपुरका कार्यवाहक अध्यक्ष कालु घलान, तामाङ मुक्ति मोर्चाका लक्ष्मी पाख्रिन, हेटौंड नगर घेदुङका अध्यक्ष भिमलाल सिन्तान, बागमती प्रदेश घेदुङ सचिवालय सदस्य सुबास सिन्तान र तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तान लगायत गुठी, घेदुङ पदाधिकारी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलानको अध्यक्षतामा भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*