बागमती प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा
कार्तिक, हेटौडा – बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले बिहीबार पदबाट राजीनामा दिएका छन् ।
नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व गर्दा मुख्यन्यायाधिवक्तामा नियुक्त भएका थपलियाले एमालेको सरकार ढलेसँगै पदबाट राजीनामा दिएका हुन् ।
बिहीबार उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् । ०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा प्रदेश प्रमुखले उनलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका थिए । मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार हुने व्यवस्था छ ।






