एमाले मकवानपुरको यी हुन्, पालिका अध्यक्ष र सचिवहरु
कार्तिक, हेटौंडा – नेकपा एमाले मकवानपुरको १० वटै पालिकाले नयाँ नेतृत्व पाएको छ । बिहिबार,शुक्रबार र शनिबार भएको पालिका अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व सहित पालिका कमिटी निमार्ण भएको नेकपा एमाले मकवानपुरले जनाएको छ ।
एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा शालिकराम पुडासैनी चयन भएका छन्। कमिटिको उपाध्यक्षमा नवराज खतिवडा, सचिव बोलबहादुर कार्की र उपसचिवहरुमा उर्मिला श्रेष्ठ र जेन श्रेष्ठ चयन भएका हुन्। उपमहानगरपालिका कमिटिमा ८५ सदस्यीय कमिटी निमार्ण भएको छ ।
एमाले थाहा नगरपालिका कमिटीको अध्यक्षमा अच्युत्तम प्रसाद ढकाल चयन भएका छन्। कमिटिको उपाध्यक्षमा हेम थिङ, सचिवमा कुमार नेगी, उपसचिवमा सुजन रायमाझी र उत्तम लामिछाने चयन भएका हुन्। ७५ सदस्यीय नगर कमिटी गठन भएको हो ।
एमाले बकैया गाउँपालिकामा गोपाल दाहालको नेतृत्वमा ७५ सदस्यीय गाउ कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा सुस्मिता घोरासैनी, सचिव फुलमान भोम्जन, उपसचिव याङ्ग्री डोल्मा लामा र लालबहादुर स्याङ्तान चयन भएका छन्।
एमाले बागमती गाउँपालिका कमिटी चन्द्र बहादुर राईको अध्यक्षतामा ६९ सदस्यीय गाउपालिका कमिटि गठन गरिएको छ। कमिटिको उपाध्यक्षमा किशोर राई, सचिव मनोज नेगी, उपसचिवहरु आषिश पाख्रिन र देवराज राना चयन भएको हो।
एमाले मकवानपुरगढी कमिटीको अध्यक्षमा रामजि प्रसाद सापकोटा चयन भएका छन् । कमिटिको उपाध्यक्षमा जित बहादुर घिमिरे,
सचिव नानीराम तिमल्सेना, उपचिवहरु चन्द्र योञ्जन र शारदा तिमल्सेना लगायत ६५ सदस्यीय पालिका कमिटी निर्माण गरिएको छ ।
एमाले भीमफेदी गाउँपालिका अध्यक्षमा सानु थापा चयन भएका छन्। कमिटिको उपाध्यक्ष शिवराज पुडासैनी, सचिवमा शिवराज रुम्बा , उपसचिवहरुमा काँशी राम बज्यू र मंगला देवि श्रेष्ठ लगायत ७५ सदस्सीय पालिका कमिटी निमार्ण भएको छ ।
एमाले मनहरी गाउँपालिका नविन सुवेदीको नेतृत्वमा ७५ सदस्यीय गाउपालिका कमिटि गठन गरिएको छ। कमिटिको उपाध्यक्षमा मोहन लाल थिङ, सचिव पोषकबाबु विष्ट, लगायत चयन भएका छन् । उपसचिवहरुमा भने सहमति हुन सकेको छैन।
एमाले इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा देवकृष्ण पुडासैनी चयन भएका छन् । कमिटिको उपाध्यक्षमा प्रताप लामा, सचिव धनविर स्याङतान, उपसचिवहरु बैकुन्ठ थापा र उमा लामा लगायत ६३ सदस्सीय पालिका कमिटी निमार्ण भएको छ ।
एमाले राक्सिराङ गाउँपालिकामा रोहन लामाको नेतृत्वमा ७५ सदस्यीय पालिका कमिटि गठन गरिएको छ। कमिटिको उपाध्यक्षमा रंजिता घलान, सचिव दिनेश चेपाङ,उपसचिवहरु सञ्च बहादुर चेपाङ र दिनेश वाईवा चयन भएका छन्।
एमाले कैलाश गाउँपालिका कमिटीको अध्यक्षमा पुन्य भण्डारी चयन भएका छन्। कमिटिको उपाध्यक्ष छेकु लामा, सचिव राजकुमार गोले,
उपसचिवहरु गौरी बर्तौला र ओम कुमार मोक्तान लगायत ७५ सदस्सीय पालिका कमिटी निमार्ण भएको छ ।






