राति ८ बजेपछि मकवानपुरमा देउसी भैलो खेल्न नपाइने
कार्तिक, हेटौडा – मकवानपुरमा राति ८ बजेसम्म मात्र देउँसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै राति ८ बजेपछि देउसी भैलो नखेल्न भनिएको छ ।
प्रशासनले कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या घटेपनि जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यको पालना गरी तिहार तथा छठ पर्व लगायतका चाडपर्व मनाउन आग्रह गरेको छ । साथै प्रशासनले तिहार र छठ पर्व मनाउने क्रममा पड्का, भुँईचम्पा, आतिशबाजी नगर्न पनि आग्रह गरिएको छ ।
कोभिड-१९ को संक्रमितहरुको संख्या घटेको देखिएपनि संक्रमणको जोखिम कायमै रहेकोले तिहार तथा छठ पर्वहरुमा जनस्वास्थयका मापदण्डको पालना गरी चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
पटकाजन्य पदार्थको ओसार-पसार, विक्री वितरण तथा प्रयोगमा पूर्णरुपमा बन्देज गरिएकोले त्यस्ता गतिविधि नगर्न नगराउँन निर्देशन गरिएको र गरेको पाइएमा कानून बमोजिम कारबाही हुने पनि प्रशासनले चेतावनी दिएको छ ।







