जापनिज भाषाको पढाई अब मनहरीबाट हुने
कार्तिक, मनहरी (हेटौडा) – पश्चिम मकवानपुरको मनहरीमा जापनिज भाषाको पढाई हुने एक मात्र सस्था रेव इन्टरनेशनल एकेडेमि सञ्चालनमा आएको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरि मनहरी गाँउपालिका वडा नमबर-७ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति ठाकुर सिं तितुङले रिवन काटेर एकेडेमिको उद्घाटन गरिएको छ ।
मनहरीमा जापनिज भाषाको पढाई हुने भए पछि पश्चिम मकवानपुर क्षेत्रमा रहेर जापान भाषा सिक्न ईच्छुक ब्यक्तिहरुलाई निकै सहज भएको सस्था प्रमखु गोकर्ण अर्यालले बताए । मनहरी, राक्सिराङ र कैलाश गाँउपालिकाका स्थानियहरुलाई सरल सहज र सर्वशुलभ किसिमले सेवा प्रदान गरिने अर्यालको भनाई छ ।
यस अघि मनहरीमा जापनिज भाषाको पढाई हुने सस्था नहुदा हेटौडा र चितवन गएर भाषा पठ्न बाध्य थिए । सस्थाका प्रमुख गोकर्ण अर्यालको सभापतित्व तथा मनहरी-७ का अध्यक्ष ठाकुर सिं तितुङको प्रमुख आथित्यमा भएको थियो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष नारायाण सुवेदी , संघका वरिष्ठा उपाध्यक्ष गणेश मानन्धर, नेकपा माओबादी केन्द्र बागमति प्रदेशका सदस्य बिर बहादुर घलान (ज्वाला ), पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र ब्यवस्थापन समिति मनहरीका अध्यक्ष पदम तितुङ, रेडक्रश सोसाईटि मनहरी उपशाखाका नुरज पौडेल, अपाङग स्वाबलम्बन जिवन पद्धती मनहरीका अध्यक्ष दिल बहादुर स्याङबा र युनाईटेड सेकेन्डरी बोर्डिकका भाइस प्रिन्सिपल मनोज मोक्तान लगाएतकाको उपस्थीत रहेका थिए ।






