तिहारको अवसरमा प्रेस सेन्टर मनहरीद्वारा शुभकामना आदान-प्रदान

तामसालिङ खबर
१९ कार्तिक २०७८, शुक्रबार ०६:२८

कार्तिक, हेटौडा (मनहरी) – नेपालीहरुको दोस्रो महान चाड तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा प्रेस सेन्टर मनहरी गाउँ कमिटिद्वारा बिहिबार शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम गरेको छ ।

सेन्टर मनहरीका अध्यक्ष जयराम मुक्तानको सभापतित्वमा भएको कार्यक्रममा माओबादी केन्द्र बागमती प्रदेश सदस्य तथा बागमति प्रदेश सभा सदस्य ओमबहादुर ग्लानको प्रमुख आतिथ्यतामा रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति ग्लानले यस्ता खालका कार्यक्रमले सबैमा सामिप्यता तथा भातृत्वको भावन उत्पन्न हुने भएकोले यस्त कार्यक्रम निकै प्रभावकारी हुने बताए ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र बागमति प्रदेश सदस्य बिर बाहदु्र घलान (ज्वाला ), नेपाली कांग्रेस मनहरीका सभापति प्रकाश बर्तौला , नेकपा माओबादी केन्द्र राक्सिराङका ईन्चाज बनस्तम थिङ, नेकपा एमाले मननहरीका अध्यक्ष नविन सुबेदी, नेकपा एकीकृत समाजबादी मनहरीका अध्यक्ष नारायण श्रेष्ठ, माओबादी केन्द्र मननहरी-६ नम्बर अध्यक्ष डम्बर बहादुर मुक्तान , ७ नम्बरका अध्यक्ष गोबिन्द गलान, बुद्धिजिवी खुसि लाल मुक्तान, अनेम संघ क्रान्तिकारी मनहरीका अध्यक्ष बिमला गलान, तामाङ मुक्ति मोर्चा मनहरीका अध्यक्ष बाबु थिङ, नेपाली कांग्रेस मनहरी-७ का सभचापति उमेश मुक्तान, पत्रकार शिवकुमार काशी रिजाल, पत्रकार ज्ञानेन्द्र तामाङ, लगाएतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रेस संगठन मनहरीका सचिव शिशुकुमार जिम्बाले सञ्चालन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*