तामाङ पत्रकार संघ मकवानपुरले नेतृत्व विकास तालिम सञ्चालन गर्ने
कार्तिक, हेटौडा – तामाङ पत्रकार संघ मकवानपुरको तेस्रो अधिबेशनबाट नवनिर्वाचित कार्यसमितिको बुधाबार पहिलो बैठक भएको छ ।
बैठकमा संघले नेतृत्व विकासको लागि विभिन्न तालिम सञ्चालन गर्ने संघका अध्यक्ष जयराम मोक्तानले जनाएको छ ।
त्यस्तै, तामाङ पत्रकारहरुको नयाँ सदस्यता वितरण र पुरानो सदस्यहरुको सदस्यता नविकरण गर्ने निर्णय पनि भएको तामाङ पत्रकार संघ मकवानपुरका सचिव सन्देश थिङले जनाएको छ ।
बैठकबाट समेटन नसकेका कुराहरु अर्काे बैठकमा पुरा गर्ने अध्यक्ष मोक्तानले बताए । बैठकमा विभिन्न पत्रकारहरुको क्षमता अभिबद्धि तथा नेतृत्व विकासको लागि तालिम गर्ने र स्थानिय पालिकाहरुसंग समन्वयन गर्ने लगायतका निर्याण समेत गरेको संघका मकवानपुर अध्यक्ष जयराम मोक्तानले बताएको छ ।
तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको सभध्यक्षमा बैठकमा भएको हो ।






