हेटौंडाका एक पुरुषको शब चितवनको टिकौंली जंगलमा भेटियो
कार्तिक, हेटौडा – चितवनको टिकौली जंगलमा एक पुरुषको शब भेटिएको छ उक्त शव हेटौंडा उपमहानमगरपालिका–९ बस्ने ६३ वर्षीय ज्ञानबहादुर अधिकारीको रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारी जानकारी दिए ।
उनको शब भरतपुर महानगरपालिका–९ को पूर्वपश्चिम राजमार्गबाट करिब ५० मिटर भित्र टिकौली जंगलमा भेटिएको प्रहरीले जनाएको छ ।
करिब १४/१५ दिनदेखि घरबाट सम्पर्क बिहिन रहेका अधिकारीको शब सडेको अवस्थामा भेटिएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए । त्यस्तै उनको शब भरतपुर अस्पतालमा पोष्टमार्टमको लागि राखिएको र शब आफन्तलाई बुझाउने प्रकियामा रहेको समेत अधिकारीले जानकारी दिए ।






