मकवानपुरे तामाङ सास्कृतिक अभियन्ता मोक्तानको ४९ औं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा
मंसिर, हेटौडा – तामाङ घेदुङ मकवानपुर लगायत विभिन्न तामाङ भातृ संगठनले आफ्ना दिवंगत सास्कृतिक अभियान्ता कृष्ण मोक्तानको ४९ औं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा गरेको छ ।
मकवानपुरे तामाङ समाजमा सास्कृतिक जागरण अभियानका अभियन्ता तथा डम्फुरेको रुपमा परिचित मोक्तानको सोमबार साङ्तोक पालारी गुम्बा बसपार्कमा पुजापाठ सहित श्रद्धाञ्जली सभा भएको हो ।
सभामा प्रमुख अतिथि समेत रहेका नेपाल तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलानले मकवानपुरे सास्कृतिक अभियानमा लागिपरेका मोक्तानको अकल्पनीय निधनले सिङ्गो तामाङ समुदायमा तथा सांस्कृतिक क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभयो ।
आफ्नो समुदायको लागि पर्ने उहाँ अति बिकट गाउँ बस्तीहरुमा सास्कृतिक जागरण अभियानमा अग्रनी भुमिका हुनुहुन्थ्यो । र डम्फुमा माैलिक तामाङ सेलाे गीत समेत गाउने उहाँको निधनले सिंगो मकवानपुरे तामाङ समुदाय स्तब्ध तुल्याएको बताउनुभयो ।

काभ्रे जिल्लामा जन्म भै २०३५ साल देखि मकवानपुरमा स्थायी बसोबास रही आउनुभएको मोक्तान तामाङ सास्कृतिक घेदुङ मकवानपुरको पुर्वअध्यक्ष तथा ह्याङ्ला तामाङ समाजको सल्लाहकार हुनुहुन्थ्यो । गत असोज १९ गते उपचारको क्रममा पाटन हस्पिटलमा निधन भएको थियो ।
कार्यक्रममा घेदुङ मकवानपुरका पुर्वअध्यक्ष मेम्बर लो, हेटौडा उपमानगर घेदुङका अध्यक्ष भिमलाल सिन्तान, ह्याङ्ला तामाङ समाजका महासचिव सुभास सिन्तान, मकवानपुर तामाङ्ग कलाकार संघका अध्यक्ष धिरेन लामा सहित तामाङ्ग घेदुङको प्रतिनिधि, गुठीका सदस्य प्रतिनिधिहरु लगायत आफन्तजनहरुलाई सहभागी रहेको थियो । श्रद्धाञ्जली सभा तामाङ घेदुङ मकवानपुरका सचिव तथा ह्याङ्ला तामाङ समाजका अध्यक्ष आत्माराम मोक्तानको अध्यक्षतामा भएको हो ।






