राक्सिराङका सांसद सहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

तामसालिङ खबर
७ मंसिर २०७८, मंगलवार १८:५८

मंसिर, हेटौडा (राक्सिराङ) – राक्सिराङ गाउँपालिकाबाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उमेदवारी दिएका जनप्रतिनिधिहरु निर्वाचित भएका छन ।

निर्वाचन क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा उमेदवारी दिएका बागमती प्रदेशका सांसद सन्त बहादुर चेपाङ, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङ लोकप्रियत मत ल्याएर निर्वाचित भएका हुन ।

महाधिवेशन प्रतिनिधिका लागि प्रत्यक्ष खुल्लातर्फ उमेदवारी दिएका सांसद चेपाङले ५१८ मत ल्याए भने गाउँपालिका अध्यक्ष मल्लले ३६३ मत ल्याएर निर्वाचित भए ।

त्यस्तै आदिवासी जनजाति महिलातर्फ उमेदवारी दिएकी गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ ३९४ मतसहित निर्वाचित भइन । यसबाहेक राक्सिराङका पुराना नेता चित्रबहादुर थापा पनि महाधिवेशन प्रतिनिधि बनेका छन । राक्सिराङकै थल बहादुर थापा प्रतिनिधि सभा क्षेत्र नं. २ को सचिव निर्वाचित भएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*