राक्सिराङमा सनराईज ईङिलस पब्लिक स्कुल सन्चालन

तामसालिङ खबर
१४ मंसिर २०७८, मंगलवार ०७:३५

मंसिर, राक्सिराङ – मकवानपुरको राक्सिराङ गाउँपालिकामा बोर्डिङ स्कुल संचालनमा आएको छ । राक्सिराङ गाउँपालिका वडा नम्बर-३ को पलासेमा सनराईज बोर्डिङ स्कुल संचालनमा आएको छ ।

स्कुलको सोमबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले उद्घाटन गर्नु भएको हो । मन्टेश्वरीदेखि कक्षा १ सम्म सुरुवातमा संचालन गर्ने गरि स्कुल संचालन गरेको अध्यक्ष रोहन लामाले बताउनु भयो ।

स्कलुले शैद्धान्तिक, व्यवहारिक र संस्कार सहितको पारिवारिक वातावरणमा शिक्षा प्रदान गर्ने लामाले बताउनु भयो । ‘मुनाफामुखी भन्दा पनि आजको वालवालिका भोलि कस्तो बनाउने भन्नेकुरा विद्यालयमा भरपर्ने हुँदा मकवानपुर जिल्लाकै विगट मानिने यस क्षेत्रमा बोर्डिङ संचालन गरेको हो ।’ हामी सुरुवात चरणमा छौँ, अहिले संस्कार सहितको गुणस्तरीय शिक्षा दिनमा जोड दिएका छौँ, विस्तारै आफ्नै भवनमा अध्यापन गराउनेछौँ अध्यक्ष लामाले भन्नुभयो ।

न्यूनतम मुल्यमा पठनपाठन गर्ने सोच सहित अगाडि बढेको यस स्कुलमा हाल ९३ जनाले भर्ना गरेका छन् । घरको बातावरणमा मल्टेश्वरी र शैक्षणिक विधिलाई एकैसाथ बढाईने हुँदा बालबालिकाहरुले सहजै सिक्न सक्नेछन् । पठनपाठनमा अभिरुचि बढाउन र असल शिक्षण सिकाउन तामिल प्राप्त दक्ष शिक्षकहरु रहेको समेत विद्यालयले जनाएको छ ।

स्कुलको उद्घाटन गर्दै पालिकाका अध्यक्ष मल्लले विगट क्षेत्रमा बोर्डिङ स्कुल संचालन हुनु आफैमा सकरात्मक रहेको भन्दै शिक्षाको गुणस्तरमा बृद्धि हुनेमा विश्वास ब्यक्त गर्नु भयो । सम्पुर्ण टिमलाई बधाई दिदैँ उत्कृष्ट शिक्षा प्रदान गर्न आग्रह गर्नु भयो ।

स्कुलका अध्यक्ष रोहन लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष बावुलाल स्याङतान, गाउँपालिकाको शिक्षा शाखा प्रमुख प्रदिप पराजुली, पश्चिम क्षेत्र प्यब्सनका अध्यक्ष तथा पत्रकार शिवकुमार काशी, सुर्य माविका अध्यक्ष चित्र बहादुर थापा, यूनाईडेट बोडिङ स्कुलका संचालक तथा सामाजसेवि रामु दराई लगायतको आतिथ्यता रहेको थियो ।

सनराईज इङिलस पब्लिक स्कुलका प्रिन्सिपल काजिराम मोक्तानले संचालन गर्नु भएको कार्यक्रममा जिवनराज ब्लोनले स्वागत मन्तव्य दिनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*