मकवानपुरमा आईपुगेका एसपी गुरुङको १७ बुँदे प्राथमिकता

तामसालिङ खबर
१६ मंसिर २०७८, बिहीबार १०:४४

मंसिर, हेटौंडा – मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् ।

बुधबार मकवानपुरमा क्रियाशील पत्रकारहरु सँगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक गुरुङले लागू पदार्थ ओसारपसार नियन्त्रण देखि प्राकृतिक स्रोतको गैरकानुनी दोहन रोक्ने सम्मका योजनाहरु अघि सारेका हुन् ।

उनले १७ बुँदे प्रतिवद्धता पत्र पनि सार्वजनिक गरे । लागुऔषध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षा, घरेलु मदिरा नष्ट, यौन व्यवसाय नियन्त्रण कोरोना भाइरस नियन्त्रणको प्रभावकारी व्यवस्था लगायतका विषय प्रतिवद्धता पत्रमा समेटिएको छ ।

संगठित अपराध तथा गुण्डागर्दी, सिमा अपराध र प्राकृतिक स्रोतको दोहन गर्नेमाथि ‘निर्मम’ प्रहार गर्ने प्रतिवद्धतामा उल्लेख छ । फैसला कार्यान्वयन र फरार प्रतिवादी पक्राउ अभियानलाई पनि प्राथमिकतामा राखिएको छ ।

घरेलु हिंसा, लैङ्गिक हिंसा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिमाथि हुने अपराधमा कानुनी कठोरतादेखि मानव अधिकारको संरक्षण र संवद्र्धनमा पनि प्रहरी उपरीक्षक गुरुङले प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगर, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम लगायतका पत्रकारहरुले प्रहरीले आफ्नो कानुनी अधिकार र कर्तव्यको दायरामा रही आम नागरिकको शान्ति सुरक्षामा ध्यान दिन आग्रह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*