फोनिज मकवानपुरद्वारा नयाँ सदस्यता तथा नवीकरणका लागि आव्हान
मंसिर, हेटौडा – नेपाल आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय निर्देशन अनुसार मकवानपुर शाखाको यही मंसिर २५ गते अधिवेशन गरिने निर्णय भएको छ । बुधबार बसेको फोनिज मकवानपुरको बैठकले सो निर्णय गरिएको हो ।
बैठकले हाल मकवानपुर जिल्लामा विभिन्न सञ्चार गृहमा पत्रकारीतामा कार्यरत आदिवासी जनजाति पत्रकारहरुलाई नयाँ सदस्यताकालागि र निरन्तर कृयाशीलहरुलाई नवीकरणका लागि आव्हान गर्ने निर्णय पनि गरेको छ ।
यसको सहजीकरणकालागि सचिव नवराज वाईबाको संयोजकत्वमा उपसमिति समेत गठन गरिएको छ । साथै सबै कार्य समिति सदस्य एवम् आवद्ध सदस्यहरुलाई अधिवेशन तयारी तथा व्यवस्थापनमा केन्द्रित भई लाग्न निर्देशन दिने निर्णय गरिएको छ ।






