राष्ट्रपति भण्डारीद्वारा छ वटा अध्यादेश जारी

तामसालिङ खबर
१६ मंसिर २०७८, बिहीबार ०५:१६

मंसिर, काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न छ वटा अध्यादेश जारी गरेकी छिन् ।

नेपालको संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश-२०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश-२०७८ रहेको छ ।

त्यस्तै, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश-२०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश-२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश-२०७८ र रेल्वे अध्यादेश-२०७८ जारी गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*