मनहरीको डिपाट सामुदायिक वन उपभोक्ताको कार्यालय तोडफोड, नगद दश हजार चोरी
मंसिर, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा रहेको डिपाट सामुदायिक वन उपभोक्ता समुहको कार्यालयमा तोडफोड गरि चोरी गरेको छ ।
बुधबार राती कार्यालयको मुलढोका तोडफोड गरि कार्यालयको प्रशासनिक कोठामा प्रबेश गरि दराज तोडफोड गरि नगद १० हजार र पुर्व अध्यक्षले बुझाएको बुझ-बुजारकको कागजपत्रहरु समेत चोरी गरेको वन समुहका अध्यक्ष डम्बर बहादुर मोक्तानले बताए ।
त्यस्तै, दराज भित्र रहेको चेक सहित सबै कागज पत्रहरु छरपष्ट अवस्थामा भेटिएको छ । अध्यक्ष मोक्तानका अनुसार उपभोक्ताहरुको सम्पति माथि गिद्धे नजर राख्ने केहि अराजक तत्वहरुले सामुदायिक वन कार्यालय तोडफेड गरेका अनुमान गरिएको छ ।
घटनाको संलग्नहरुको खोजि गरि तत्काल कडा कारबाहीका लागि इलाका प्रहरी कार्यालय मनहरीमा निबेदन दर्ता गराईसकेको पनि अध्यक्ष मोक्तानले जानकारी दिए । यता इलाका प्रहरी कार्यालय मनहरी प्रहरी निरीक्षक प्रकाश थापाले घटनामा संलग्न ब्यक्तिहरुको खोजि कार्य थालिसकिएको र दोषि उपर कानुनी सजय दिने बताए ।






